काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा ठूलो कटौती गरेकै दिन बजारमा इन्धनको कृत्रिम अभाव देखिएको छ। बुधबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा ३० रुपैयाँ मूल्य घटाइए पनि अधिकांश निजी पेट्रोल पम्प बन्द हुँदा उपभोक्ताले घण्टौं लाइन बस्नुपर्ने अवस्था सिर्जना भएको हो। बिहानैदेखि काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल…